बैतडीमा महाकाली नदी किनारमा एक पुरुषको शव फेला

बैतडीमा महाकाली नदी किनारमा एक पुरुषको शव फेला

बैतडी । बैतडीमा महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका १० तिरखडेनी स्थित नदी किनारमा शनिवार बिहान ६ बजे शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव करिब ३५वर्षीय पुरुषको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

खड्का नेतृत्वको प्रहरी टोली घटनास्थल मा पुगेको छ सब कहाँ को हो  के कसरी घटना भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।