प्रेमीसंग मिलेर धनगढीमा श्रीमानको हत्या, चार जना पक्राउ

प्रेमीसंग मिलेर धनगढीमा श्रीमानको हत्या, चार जना पक्राउ

धनगढी ।कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनको हत्याको आशंकामा प्रहरीले  श्रीमती अमृता चौधरी सहित चार जनालाई  नियन्त्रणमा लिएको छ ।

आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

शवको प्रकृति हेर्दा हत्या गरेको आशंकामा मृतक चौधरीकी श्रीमती सहित ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा मृतककी श्रीमती,उनको केटा साथी बिष्णु चौधरीले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताए ।  अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उनले बताए ।