अछाममा हिजो साँझदेखि भारी वर्षा, भित्र्याउँदै गरेको बालीमा नोक्सानी

अछाममा हिजो साँझदेखि भारी वर्षा, भित्र्याउँदै गरेको बालीमा नोक्सानी

अछाम । अछाम जिल्लामा आइतबार साँझदेखि परेको भारी वर्षाले भित्र्याउँदै गरेको धान बालीमा नोक्सान पुगेको छ । पाकेर बाली भित्र्याउँदै गरेको अवस्थामा एक्कासि पानी परेपछि यहाँ धानबाली लगायतका बालीमा नोक्सानी पुगेको हो ।

चौरपाटी गाउँपालिका लगायतका क्षेत्रमा प्रशस्त मात्रामा फल्ने कोदो खेतीमा समेत वर्षाले क्षेती पु¥याएको छ । कोदो टिपेर चुट्नको लागि तयार पारेको अवस्थामा पानी परेपछि किसानहरु चिन्तित भएका छन् । भने पाकेको कोदो समेत टिप्न नपाएको भन्दै किसान निराश भएका हुन ।

खेतीपाती भित्र्याउने बेलामा परेको पानीले किसानलाई ठुलो क्षेती पुगेको चौरपाटी गाउँपालिकाका किसान विकास साउँदले जानकारी दिए । ''बर्षे बालीहरू पाकेर भित्र्याउँदै थियौ,'उनले भने,'तर हिजो साँझ देखिपरेको भीषण वर्षाले धान, कोदो,भटमास, लगायतका बर्षेबालीमा ठुलो क्षेती पुगेको छ ।''

यस्तै अर्का किसान नवीन साउँदले पनि नचाहिने बेला पानी परेपछि किसानलाई समस्या भएको बताए । ''कोदो र भटमास टिपेर चुट्न तयार पारेका थियौ',उनले भने,'एक्कासि पानी परेपछि समस्या भएको छ ।'' यस्तै कतिपय किसान भने पानी परेपछि खुशी भएका छन् । गहुँ बाली लगाउनको लागि यो पानीले सहयोग पु¥याउने भन्दै खुशी भएका छन् ।

बर्षायाममा बन्द अवस्थामा रहेका चौरपाटी गाउँपालिका र अन्य स्थानीय तहका ग्रामीण सडकहरु दसैँको समयमा सञ्चालनमा आएका थिए । तर फेरी हिजो साँझदेखि परेको पानीले ग्रामीण सडक अवरुद्ध हुनुका साथै हिलाम्मे भएका छन् । भने सवारी साधन चलाउन समेत समस्या भएको छ । साथै पानी परेसँगै सुदूरपश्चिमका अछाम लगायत पहाडी जिल्लामा चिसो समते बढेको छ । 

No description available.