सुदूरपश्चिममा अचानक आइतबार राती देखी परेको वर्षाले धान खेतमै तैरियो,  किसान दुःखीत

सुदूरपश्चिममा अचानक आइतबार राती देखी परेको वर्षाले धान खेतमै तैरियो,  किसान दुःखीत

धनगढी । सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ । 

असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले काटेर भित्र्याउन सुरु गर्दै गर्दा अचानक आइतबार राती देखी परेको वर्षाले धान खेतमै तैरिएपछि दसैं नभनि धान भित्र्याउन लागेका किसान दुःखी भएका छन् । 

आइतबार राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम लगायत सुदूरपश्चिमका अधिकासं किसानले लगाएको धान बाली क्षतिग्रस्त भएको छ ।