पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा ७ जनामा कोरोना देखीयो, २ जनाको मृत्यु

धनगढी खबर    

पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा ७ जनामा कोरोना देखीयो, २ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन् । भने ३ जना कोरोनामुक्त भएका छन् ।

यस्तै सोही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाँउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।  



सोमबार ०१, कार्तिक २०७८ ०३:०७ मा प्रकाशित

#सेती प्रयोगशाला #कोरोना संक्रमण
Loading...

प्रतिकृया दिनुहोस