कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको बिदाइ

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको बिदाइ

धनगढी । हालै सरुवा भई नयाँ कार्य क्षेत्रमा जान लागेका कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई शुभकामना सहित बिदाइ गरिएको छ ।

सोमबार कैलाली जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू ले बिदाइ तथा फेरी भेटौँला कार्यक्रमको आयोजना गर्दै  प्रमुख जिल्ला अधिकारी रिजालको बिदाइ गरेका हुन् । 

सो कार्यक्रममा कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सहित कैलाली जिल्लाका अन्य सुरक्षा  निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।  

त्यस्तै, सात महिना १० दिनको कैलालीको प्र.जी.अ.को कार्यकाल समग्रमा सफल रहेको बताउँदै  प्रमुख जिल्ला अधिकारी रिजाले जिम्मेवारी प्रदान गर्नुहुने र यसमा साथ, सहयोग, सद्‌भाव र सहकार्य गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।