आज सेती प्रयोगशालामा थप ५ जनामा देखीयो कोरोना

आज सेती प्रयोगशालामा थप ५ जनामा देखीयो कोरोना

धनगढी । कैलाली स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार  थप ५ जनामा कोरोना संक्रमण देखीएको छ । 

पछिल्लो २४ घण्टामा ५८ जनाको नमूना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि देखीएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए । 

हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन । भने २ जना अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।