सुदूरका ७ पहाडी जिल्लाको विद्युत् र टेलिफोन सेवा पूर्णपुरमा अवरुद्ध

सुदूरका ७ पहाडी जिल्लाको विद्युत् र टेलिफोन सेवा पूर्णपुरमा अवरुद्ध

धनगढी । लगातारको वर्षापछि सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क पूर्णपुरमा अवरुद्ध भएको छ । 

सञ्चार सम्पर्क विच्छेद हुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताए ।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूर्ण रूपमा अवरुद्ध जानकारी दिए ।