धनगढी । नेपाल टेलिकमको अप्टिकल फाइबर चुँडिएपछि मङ्गलवार बिहान देखि सुदूर पश्चिमका सात वटा पहाडी जिल्लामा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध अवरुद्ध भएको छ । अप्टिकलको मेन हाईवे नै चुँडिएका कारण टेलिकमका सबै सेवाहरू विगत २८ घण्टादेखि अवरुद्ध भएका छन् ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक नानाकर न्यौपानेले अप्टिकलको मेन हाईवे चुँडिएका कारण टेलिकमका सबै सेवाहरू अवरुद्ध भएको बताए ।
निर्देशक न्यौपानेले भने, 'हामीले अप्टिकल चुँडिएको स्थान पत्ता लगाई सकेका छौ, वर्षा र पहिरोका कारण मर्मत गर्न सकेका छैनौ । स्थिति सहज भएपछि एक दुई घण्टाभित्रै टेलिकमका सबै सेवा सुचारु हुनेछन् ।'