बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रधानमन्त्री देउवा र मन्त्री आले सुदूरपश्चिम आउँदै

बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रधानमन्त्री देउवा र मन्त्री आले सुदूरपश्चिम आउँदै

धनगढी प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार(भोलि) सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा आउने भएका छन्।  

नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपराह्न भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन्। नेता साउदकाअनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम आउँदै छन्। 

प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। यसअघि बुधबार दिउँसो कांग्रेसकै अर्का नेता रमेश लेखकसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम निरीक्षणका लागि जाने इच्छा देखाएका थिए।