आज आंशिकदेखि सामान्य बदली, अझै भारी वर्षाको सम्भावना छ ?

आज आंशिकदेखि सामान्य बदली, अझै भारी वर्षाको सम्भावना छ ?

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

आज राति देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश  १ र गण्डकी  प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा र पहिरोको सम्भावना अब नरहेको मौसमविद्  पौडेलले जानकारी दिए । उनका अनुसार केही दिन परेको निरन्तरको भारी वर्षा गराउने प्रणाली बााहिरिसकेकाले अब ठूलो वर्षा हुने छैन । 

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको उनले बताए ।