नेपाली फिल्ममा सुनिल शेट्टीको इन्ट्री

नेपाली फिल्ममा सुनिल शेट्टीको इन्ट्री

बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन्। उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ुएक्स नाइनु मा अभिनय गर्ने तय भएको हो।

यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन्। ुतपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छु, स्वागत छ हाम्रो नेपालमाु भट्टले लेखेका छन्। साथै, उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन्। 

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए। त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए। ुसुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ रु भनेर प्रश्न गर्नु भयो,ु निर्देशक भट्टले भने, ुउहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो।ु निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ। उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन्। 

फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारको अभिनय रहनेछ।

एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन्। अनमोल पनि ुकृु पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन्। फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षको छ।