आइतबार देखि नेपाल एयरलाइन्सको जहाजले धनगढीबाट सुदूरका पहाडी जिल्ला र काठमाडौमा उडान भर्ने

आइतबार देखि नेपाल एयरलाइन्सको जहाजले धनगढीबाट सुदूरका पहाडी जिल्ला र काठमाडौमा उडान भर्ने

धनगढी । निजी एयरलाइन्सको सिन्डिकेट हटाउँदै राष्ट्रिय ध्वजा बाहक जहाजले धनगढीबाट उडान सुरु गर्ने भएको छ ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले आइतबार देखि नेपाल एयरलाइन्सको जहाजले धनगढीबाट सुदूरका पहाडी जिल्ला र काठमाडौमा उडान भर्ने बताए । मन्त्री आलेले यसै बिच गेटा विमानस्थलको समेत निरीक्षण गरेका छन् ।

विमानस्थलको निरीक्षण गर्दै विमान स्थललाई राष्ट्रिय स्तरको विमान स्थलमा बिस्तार गर्नु पर्ने बताए । ८३ बिगाहा क्षेत्रफल रहेको विमान स्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको लागि बजेट विनियोजन गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।