प्रधानमन्त्री देउवाद्वारा कैलालीको बाढीप्रभाबित क्षेत्र धनगढी–१३ को श्रीलङ्काको निरीक्षण

प्रधानमन्त्री देउवाद्वारा कैलालीको बाढीप्रभाबित क्षेत्र धनगढी–१३ को श्रीलङ्काको निरीक्षण

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढी उपमहानगरपलिका –१३को बाढीप्रभाबित क्षेत्र श्रीलंका पुगेका छन् । उनले सो क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

उपमानगरपलिकाकै १३ नम्बर वडामा मोहना नदीले बर्षेनी बाढीका कारण क्षती हुने गरेकोले प्रधानमन्त्रीकोलाई सो स्थानको अनुगमन गर्न अनुरोध गरेका धनगढी उपमहानगरपलिकाकी उपमेयर शुशीला मिश्र भट्टले जानकारी दिईन् । ‘मोहना नदीले श्रीलंका क्षेत्रका नागरिक निकै पिडामा छन्’ त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ।’ उपमेयर भट्टले भनिन्–‘जनता पनि आशाबादी भएका छन् ।’

श्रीलंका स्थानीयबासीले मोहना नदीले बर्षेनी खेतीपाती पुरै बगाउने गरेको प्रधानमन्त्रीलाई गुनासो व्यक्त गरेका थिए । कैलाली कञ्चनपुर भएर वहने मोहना नदीले हरेक वर्ष श्रीलंका क्षेत्रमा क्षति पुगाउदै आएको छ । सो क्षेत्रका जनताले तत्काल तटबन्ध गरेर बाढी कटान र डुबान नियन्त्रण गर्न अनुरोध गरे ।