कर्मचारीमाथि दुर्व्यवहारको विरोधमा आज काठमाडौंमा प्रदर्शन

कर्मचारीमाथि दुर्व्यवहारको विरोधमा आज काठमाडौंमा प्रदर्शन

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले  हिजो जनकपुर खानेपानी संस्थानका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारिणी समिति र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले पाखुरामा कालो पट्टी बाँधेर मौन विरोध गरेका हुन्।

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै हिजो निमित प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली नगर घुमाइएको थियो।