कैलालीमा धान खेतबारीमै उम्रिन थाल्यो, वर्षभरिको मेहनत खेर जाँदा किसान चिन्तित

कैलालीमा धान खेतबारीमै उम्रिन थाल्यो, वर्षभरिको मेहनत खेर जाँदा किसान चिन्तित

धनगढी । कैलालीमा किसानको धान खेतबारीमै उम्रिन थालेको छ । धान घाम नलागेर सुकाउन नपाउँदा धान खेतमै उम्रिन थालेपछि किसान चिन्तित बनेका छन् ।

केही दिन अगाडी भएको अविरल वर्षाका कारण भित्र्याउन लागेको धान खेतबारीमै भिजेर तैरिए पछि कैलालीका  चुरे गाउँपालिकाका लगायतका जिल्लाभरका किसानहरूको धान खेतमै उम्रिन थलेको हो । 

चुरे गाउँपालिकाको वडा नं. ४ स्थित ​भुजे, कुर्ले, खारेपनि  लगायतका ठाउँहरूमा काटेर भित्राउन ठिक्क पारेको धान बाली पानीले भिजाउँदा खेतमै उम्रिन लागेको हो । 

बेमौसमी वर्षाले भित्र्याउनै लागेको धान लगातार ३ दिन खेतमै भिजेकोले धान उम्रिन लागेको चुरे गाउँपालिका वडा नं. ४ भुजेका स्थिानिय कृषक जय बहादुर साउँदले बताए । 

साउँदका अनुसार चुरे गाउँपालिकाका अधिकांश किसानको धान खेतबारीमै उम्रिएको छ । कुहीन थालेको छ । बर्सभरि खान पुग्ने धान वर्षा सँगै आएको बाढीका कारण प्रयोग विहीन हुँदा किसान चिन्तित बनेका छन् । त्यहाँका किसानले सम्बन्धित निकाय सँग क्षेत्री पूर्तिको समेत माग गरेको साउँदले बताए । 

साथै कैलालीको चुरे सँगै सुदूरपश्चिमका तराई र पाहाडि जिल्लाका किसानले अचानक भएको वर्षका कारण भित्र्याउनै लागेको धान बाली नष्ट भएको छ । भने धनजनको समेत क्षेत्री खेप्नुपरेको छ ।