नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ आयोजना हुने

नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ आयोजना हुने

धनगढी : फागुन १४ गते देखि धनगढीमा दुई दिने नेक्सस एजुकेसन फेयर र रोबोर्ट एक्सपो २०१९ आयोजना हुने भएको छ । नेक्सस एजुकेसन कन्सलटेनसीको आयोजनामा हुने फेयरमा बिभिन्न नया बिषयमा पढाई सञ्चालन गरिरहेका नेपाल, भारत, जापान र अष्ट्रेलियाका २० कलेजहरुले विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने छन् ।

एसइइ परीक्षा दिन लागेका र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको फेयरमा उच्च शिक्षाका बिभिन्न बिषयमा परामर्श दिइनुका साथै बिभिन्न बैज्ञानिक आविस्कार तथा रोबोर्ट, ड्रोन, कार तथा जेट इन्जिनको प्रदर्शन समेत गरिने आयोजक नेक्सस इजुकेसनका यज्ञराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरुलाई भविश्य बनाउन सही सललाह उपलब्ध गराइने बताउनुभयो । फेयरमा विद्यार्थीहरुका लागि बिभिन्न अकार्षक पुरस्कारहरु समेत राखिएको उहाँले बताउनुभयो ।