नामिबिया टी-२० विश्वकपको सुपर १२ मा, आयरल्याण्ड बाहिरियो

नामिबिया टी-२० विश्वकपको सुपर १२ मा, आयरल्याण्ड बाहिरियो

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत नामिबिया सुपर १२ मा पुगेको छ ।
नामिबियाले आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै समुह ए बाट सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्यलाई नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउदै पुरा गरेको थियो ।

यसअघि आयरल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।

समुह ए बाट नामिबियाको ३ खेलमा ४ अंक रहेको छ र सुपर १२ मा आफ्नो स्थान सुरक्षित गरेको छ । समुह ए बाट आयरल्याण्ड र नेदरल्याड्स बाहिरिएका छन् । त्यस्तै २ खेल जितेको श्रीलंका पनि सुपर १२ मा पुगेको छ ।