एमाले सचिव भट्टराई उपचारका लागि वीर अस्पतालमा भर्ना

धनगढी खबर    

एमाले सचिव भट्टराई उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौ । नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्। सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उनको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो। 

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन्। “उच्च ज्वरोका कारण आज उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ”, एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले भने, “उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्णरूपमा आराम गर्न भन्नुभएको छ।”

 



शनिबार ०६, कार्तिक २०७८ १०:०५ मा प्रकाशित

#योगेश भट्टराई

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस