सेती प्रयोगशालामा ६ जनामा कोरोना संक्रमण पुष्टि, एक महिलाको मृत्यु

सेती प्रयोगशालामा ६ जनामा कोरोना संक्रमण पुष्टि, एक महिलाको मृत्यु

धनगढी । कैलाली स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६४ जनाको नमूना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको छ ।

त्यस्तै, सेती अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारत कञ्चनपुरको वेदकोट नगरपालिका ५ की ३५ बर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।