सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र

सुदूरपश्चिममा प्रादेशिक सडक निर्माण कार्य तीव्र

सुदूरपश्चिम प्रदेशमा  प्रदेश  गौरवका  नौ  वटा  सडकको   निर्माण कार्य   अगाडि   बढेको छ । प्रदेश सरकारले नौ  वटै जिल्लामा  प्रदेश  गौरवका सडक निर्माण  गर्न  लागेको हो ।

प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा   १६४   किलो  मिटरमा  ठेक्का   भएर काम भइरहेको    भौतिक  पूर्वाधार    विकास मन्त्रालयले    जानकारी  दिएको    छ ।

मन्त्रालयका   अनुसार     भजनी   छोटी भन्सार  –खिमडी–ठूलीगाड   सडकको कैलालीस्थित   बर्दगोरिया   गाउँपालिका–४ मा   चार किलो  मिटर कालोपत्रेका  लागि ठेक्का   भएर काम   भइरहेको     छ । -गोरखापत्र दैनिकमा खबर छ ।