सर्पको टोकाइबाट कैलालीमा १४ वर्षीय बालिकाको मृत्यु

सर्पको टोकाइबाट  कैलालीमा  १४ वर्षीय बालिकाको मृत्यु

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मालाखेतीमा सर्पको टोकाईवाट एक बालिकाको मृत्यु भएको छ ।

शुक्रवार राति सर्पको टोकाईवाट लोकराज भट्टकी १४ बर्षिया छोरी हिराना भट्टको मृत्यु भएको हो ।

सर्पले टोकेपछि धनगढीको सेती प्रादेशिक अस्पताल धनगढीमा लैजाने क्रममा हिरानाको बाटोमै मृत्युको उनका आफन्त यज्ञराज भट्टले जानकारी दिए ।

मृतक हिराना ग्वाशी माध्यामिक विधालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।