समाजमा भएका आपराधिक क्रियाकलापबारे सूचना दिन कैलालीका सिडिओ थापाको आग्रह

समाजमा भएका आपराधिक क्रियाकलापबारे सूचना दिन कैलालीका सिडिओ थापाको आग्रह

धनगढी । गृह मन्त्रालयबाट सरुवा भई कैलालीमा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले जिल्लाको सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता रहेको बताएका छन् ।

आइतबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । यस अघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी खगेन्द्र रिजालले समाल्दै आएका थिए । उनको गृह मन्त्रालयमा सरुवा भएको थियो ।

कैलाली जिल्लाको जिम्मेवारी समाल्दै सिडिओ थापाले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अघि बढ्ने बताए ।

उनले जिल्लाको शान्ती सुरक्षा र विकास निर्माणमा समन्वयको भूमिकामा रहने बताएका छन्। ‘प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी  शान्ती सुरक्षा र विकास निर्माणमा समन्वय गर्ने हो’, उनले भने। सिडीओ थापाले कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको जनशक्ति थप, बिओपी स्थापना र भौतिक संरचना निर्माणका लागि गृह मन्त्रालयले योजना निर्माण गर्नुपर्ने बताए। 

साथै थापाले समाजमा भएका आपराधिक क्रियाकलापबारे सूचना दिन सबैलाई आग्रह गरेका छन् । भने आफूलाई आएको जानकारी अनुसार त्यसमा एक्सन लिने बताउनुभएको छ ।