बैतडीमा नेपाली सेनाद्वारा मन्दिर सरसफाइ, व्यवस्थापन समितिबाट धन्यवाद ज्ञापन

बैतडीमा नेपाली सेनाद्वारा मन्दिर सरसफाइ, व्यवस्थापन समितिबाट धन्यवाद ज्ञापन


बैतडी । बैतडीमा  रहेको नेपाली सेनाको हनुमान ध्वज गुल्मले  जिल्लाको पुरानो तीर्थ स्थल  ईश्वरी गङ्गा धामको  सरसफाइ गरेको छ ।

No description available.

जिल्लाको दशरथचन्द  नगरपालिका वडा नं.२  स्थित जिल्लाको पवित्र तीर्थस्थल ईश्वरी गङ्गा धाममा  लगातार ३-४ दिन  परेको  बेमौसमी अविरल वर्षाका कारण तीर्थस्थलको स्नान कुण्ड माटोले पुरिएपछि मन्दिर व्यवस्थापन समितिका सचिव वीर सिंह कार्कीले  बैतडी जिल्लामा तैनाथ हनुमान ध्वज गुल्म लाई लिखित निवेदन सहित सहयोगको लागी आग्रह गरेपछि आज हुद्दा टोपेन्द्रजङ्ग शाहीको कमान्डमा १२ को नफ्रीले टोलिले उक्त स्नान कुण्ड सफा गरेको गुल्म पति खिल बहादुर रानाले जानकारी दिनु भएको छ । 

No description available.

यस्तै हनुमान ध्वज गुल्म बैतडी लाई सहयोग गर्नुभएकोमा श्री ईश्वर राम नाम समिति ईश्वरी गङ्गा धामका सचिव वीर सिह कार्कीले हरेक बेला दुख सुख आपत् बिपत मा सहयोग गर्दै आइरहेको  नेपाली सेना लाई धन्यवाद दिनुभएको छ । भने भविष्यमा नेपाली सेना बाट यस्तै सहयोग को अपेक्षा राखेको बताए । 

No description available.

No description available.