कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दाका फरार १ जना व्यक्ति पक्राउ परेका छन् । 

सोमबार बिहान ०८ः४० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट मिति २०७१।०७।११ गते २१ दिन कैद सजाय र रु २,०००।– (दुई हजार) जरिवाना भएका सवारी ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ गरेको हो । 

जिल्ला कैलाली साबिकको दोदोधारा गा.वि.स. वडा नं. १ हाल बर्दगोरिया गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २७ को कलक बहादुर रोकायालाई लुकी छिपी बसी रहेको अवस्थामा निजकै घरमा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

निज प्रतिवादी रोकायालाई पक्राउ पश्चात् आजै कैलाली जिल्ला अदालतमा पेस गरेको कैलाली प्रहरीले जनाएको छ ।