पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ७७१ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाले थप ११ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ३७२ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना निको भई थप ६२२ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल ७ लाख ८८ हजार ६३० संक्रमित निको भएका छन् ।

मंगलवार देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेका छन् ।