विरोध प्रदर्शनमा उत्रिएका तीन विद्यार्थी पक्राउ

विरोध प्रदर्शनमा उत्रिएका तीन विद्यार्थी पक्राउ

सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन विद्यार्थी पक्राउ परेका छन्। 

नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु यमुना जैसी, सरोज शर्मा र सञ्जय पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादले मुद्दाको सुनुवाई प्रभावित भएको भन्दै ल क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सर्वोच्च अगाडि हातमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए। 

सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेपछि मंगलबार पनि सर्वसाधारणका मुद्दाको सुनुवाई हुन सकेको छैन।