आगामी तीनको मौसम : शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

आगामी तीनको मौसम : शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

हाल  देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा  रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक १० गते (बुधबार)

दिउँसो : देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली  र तराईका भुभागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका  थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली  र तराईका भुभागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ। पहाडी भूभागका एक दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भूभागका  एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

 २०७८ कार्तिक ११ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भुभागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा  रहने छ। 

२०७८ कार्तिक १२ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भुभागमा आंशिक बदली  रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भुभागमा आंशिक बदली  रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।