जुमको फ्रि अकाउन्टमा अब ‘अटो क्याप्सन’ सुविधा, यसरी इनेबल गर्नुहोस्

जुमको फ्रि अकाउन्टमा अब ‘अटो क्याप्सन’ सुविधा, यसरी इनेबल गर्नुहोस्

भिडिओ कन्फ्रेन्सिङ एप जुमले आफ्नो प्लेटफर्मका फ्रि अकाउन्टका लागि अटो जेनेरेटेड क्याप्सन फिचर सार्वजनिक गरेको छ ।

कम्पनीले गत सोमबार यो सेवालाई प्रभावकारी बनाउन निःशुल्क फिचर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यसअघि जुमले यो फिचर पेड अकाउन्टका लागि मात्र उपलब्ध गराएको थियो ।

तत्कालका लागि क्याप्सनहरू अङ्ग्रेजी भाषामा उपलब्ध हुनेछन् । चाँडै नै अन्य भाषामा पनि क्याप्सन राखिने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सहज रुपमा जुम मिटिङमा सबैलाई समावेश गर्नका लागि यो फिचरको आवश्यकता रहेको कम्पनीकी प्रडक्ट मार्केटिङ म्यानेजर थेरेसा लार्किनले बताएकी छिन् ।

लार्किनका अनुसार उपयुक्त फिचरहरू उपलब्ध नहुँदा भिडिओ कम्युनिकेसनमा अपाङ्गता भएका प्रयोगकर्ताहरूले सास्ती बेहोर्नुपरेका कारण यो फिचर ल्याइएको हो ।

यसअघि जुमले पेड अकाउन्टका लागि एआई-संचालित लाइभ ट्रान्सक्रिप्सन जारी गरेको थियो । जसले माहामारीको समयमा जुम कलको सर्वव्यापितामा कान कम सुन्ने जुम प्रयोगकर्तालाई सीमित गरिदिएको भन्दै आलोचना भएको थियो ।

अटो क्याप्सन नहुँदा जुम मिटिङ होस्टहरूले तेस्रो पक्षले उपलब्ध गराएको (थर्ड पार्टी क्याप्सन सर्भिस) सेवा प्रयोग गर्नुपर्थ्यो, अथवा म्यानुअल रुपमा आफ्नै क्याप्सन थप्न पर्थ्यो ।

गतवर्ष मात्रै कम्पनीहरूले केही थप विकल्पहरू थपेको थियो, जसमा स्क्रिन रिडरका लागि सपोर्ट र एकै समयमा धेरै भिडिओ हेर्न मिल्ने र कलमा अर्को प्रयोगकर्ता बोलिरहेको बेलामा पनि सांकेतिक भाषा अनुवादक देख्न मिल्ने व्यवस्था रहेको थियो । 

यसरी इनेबल गर्नुहोस् अटो क्याप्सन

सबैभन्दा पहिले जुम वेब पोर्टलमा साइनईन गर्नुहोस् ।
स्क्रिनको देब्रेतिर थोरै स्क्रोल गरेर तलपट्टि गरेको अकाउन्ट म्यानेजमेन्ट क्लिक गरेर त्यहाँ उपलब्ध अकाउन्ट सेटिङमा क्लिक गर्नुहोस् ।
मिटिङ अन्तर्गत रहेको ईन-मिटिङ (एड्भान्स)अप्सनमा क्लिक गर्नुहोस् ।
स्क्रिनलाई थोरै तल स्क्रोल गरेछि तपाईंले ‘क्लोज्ड क्याप्सनिङ’ अप्सनमा क्लिक गर्नुहोस् ।
त्यहाँ एउटा म्यासेज पपअप हुन्छ । पपअप भएको म्यासेजले तपाईंसँग सो फिचर इनेबल गर्न अनुमति माग्छ । सो म्यासेजमा ‘इनेबल’ अप्सनमा क्लिक गर्नुहोस् ।