फेसबुकको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

फेसबुकको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ ।

जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा हुनुहुन्न । उहाँ मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागि पर्नुभएकाे थियाे। भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन्। जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताउनु भएको छ।

‘हामी एक कम्पनी हौं, जसले एकापसमा जेडिने प्रविधि निर्माण गर्दछ। सँगै, हामी अन्ततः मानिसहरूलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्छौं’, मार्क जुकरबर्गले भनेका छन्।

कम्पनीले  फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ । युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ । साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।  

फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।