सेती प्रयोगशालामा भएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षण थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५५ नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने २ जना नयाँ कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन । हाल अस्पतालमा १२ जना संक्रमितको उपचार हुदैँछ ।

अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार आइसियुमा ५ जना र भेन्टिलेटरमा १ जना संक्रमितको उपचार भइरहेको छ ।