सेती प्रयोगशालामा भएको परिक्षण थप ६ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षण थप ६ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६३ नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ४ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने २ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा १० जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जसमध्ये ६ जना विरामीको आइसियु र १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।