बेलायत गएका प्रधानमन्त्री देउवालाई सुदूरका वातावरण मन्त्री धामी को यस्तो सुझाव ?

बेलायत गएका प्रधानमन्त्री देउवालाई सुदूरका वातावरण मन्त्री धामी को यस्तो सुझाव ?

धनगढी ।  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामीले विश्वका विकसित राष्ट्र हरुले उत्सर्जन गरेको हरित किरण ग्यास, कारबण्डाअक्साइडले नेपाल जस्ता गरिब राष्ट्रहरू मा असर परिरहेको आरोप लगाउनु भएको छ । भने त्यसको क्षेती पूर्ति नेपाले पाउनु पर्ने माग गर्नुभएको छ । 

शनिवार मन्त्री धामीले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशले दोस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सो माग गर्नुभएको हो । 

उहाँले प्रधानमन्त्री शेर बहादुर देउवा बेलायत गएको कुरालाई स्मरण गर्दै, “प्रधानमन्त्री ज्यु बेलायतमा हुने वातावरण संरक्षण सभामा सायद गई सक्नु भयो कि ? त्यहाँ महत्त्वपूर्ण कुरा उठाउनको लागी म अनुरोध गर्न चाहन्छु । यही मञ्च बाट कि, विश्वका विकसित राष्ट्र हरुले उत्सर्जन गरेको हरित किरण ग्यास (कारबण्डाअक्साइड) को कारणले गर्दा त्यसको मार हामी जस्ता गरिब राष्ट्रहरूले झेल्नु परेको छ । त्यसको क्षेती पूर्ति सहित विकसित राष्ट्रहरू ले नेपाललाई क्षति पूर्ति दिनुपर्छ । किन भन्दा खेरी  हामीले जहिले पनि अक्सिजन उत्पादन गरेर विश्वलाई हराभरा र हृष्टपुष्ट पारिराखेका छौँ । भने विश्वका विकसित राष्ट्रहरूले हामीलाई चैँ दुर्गन्धित गरिराखेका छन् । उनीहरूले ठुलठुला कलकारखानाहरू, ठ्ल ठुला आणविक भट्टीहरू खोल्छन् । हामीले चाही उनीहरूका लागी यहाँ अक्सिजन उत्पादन गरिदिनुपर्ने ? जैविक विविधता जोगाइ दिनुपर्ने ?” उहाँले भन्नुभयो । 

त्यस्तै, वातावरण मन्त्री धामीले प्रश्न गर्दै भन्नुभयो, “उनीहरूले उहिले आफ्ना पुर्खाकै पालामा वन ज्ंगल सिद्धाएर उजाड बनाएर उद्योगहरू, कलकारखानाहरू हाले, हामीले उनीहरूका लागी अक्सिजन उत्पादन गरेर पठाउनु पर्ने   ? त्यसको बापत नेपालले केही न केही डिस्टबिउट विश्वव्यापी रूपमा प्रोफिट पाउनु पर्छ   भन्ने कुरा, यो उद्योग, पर्यटन बन मन्त्रालय मात्रै नभएर वातावरण मन्त्रालय समेत भएको हिसाबले र नेपालको परिबेस (मामा लामा)मा पनि सबै भन्दा बढी वन पैदावार वातावरण संरक्षण गर्ने प्रदेश भनेको सुदूरपश्चिम प्रदेश त्यसमा पर्दछ । त्यस कारणले पनि वातावरण जोगाउनमा पनि सबभन्दा बढी महत्पपुर्ण रोल नेपालले खेली राखेको छ । भने त्यसमा अन्तर्राष्ट्रिय समुदायले पनि निश्चित रूपमा यो भूमिकालाई बुझ्ने छ र त्यसको क्षेती पूर्ति सहित नेपालको (जी.डी.पी) योगदान पुर्‍याउने छ भन्ने कुरा म माग गर्न चाहन्छु ।” उहाँले भन्नुभयो ।  

साथै, मन्त्री धामीले वन पैदावार अर्थात् काठ व्यवसायीहरू लाई सम्बोधन गर्दै काठ व्यवसायीहरूलाई बाहिरी वातावरणमा आए जस्तो काठका ठेकेदार, तस्करका रूपमा हेरिन थालेको भन्ने कुरा गलत रहेको र मन्त्रालयले र प्रदेश सरकारले त्यस्तो दृष्टिकोणले नहेरी प्रदेश सरकार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको अभिन्न अङ्गको रूपमा हेरेको बताउनुभयो ।

त्यसै गरी, कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रकाश चन्द्र भट्टले व्यवसाय र व्यक्तिगत कुराहरू नितान्त फरक रहेको जिकिर गर्दै काठ व्यवसायलाई व्यवसायीकरण गर्न आफूहरू सक्दो पहल कदमी चाल्ने र राज्य संयन्त्रले पनि आफूहरूलाई व्यवशायीक मान्यता दिनुपर्ने माग गर्नुभयो । 

साथै, उहाँले काठको निश्चित मूल्य तोकी काठ व्यवसायीहरू लाई तस्करको बिल्ला भिर्नबाट जोगाउन र सरकारी निकायबाट जानाजान भइरहेका गल्तीहरू रोकी बदनाम हुनबाट जोगिन आग्रह गर्नुभयो । “खरिद बिक्री गर्ने निकाय कुन कुन हुन सक्छन्, काठ सबैले सरल रूपमा प्रयोग गर्न पाउनु पर्‍यो भन्छौँ हामी । व्यवसाय र व्यक्तिगत प्रयोजनका कुराहरू फरक हुन् ।  यसलाई पनि व्यवसायीकरण गर्न के गर्नु पर्छ हामी तयार छौँ । राज्य संयन्त्रले पनि व्यवसायीक मान्यता दिई दिनु पर्‍यो । दाश्रो कुरा मूल्य तपाई कहाँ बस्नुभएको छ भन्ने सरोकार भयो यसलाई एउटा मूल्यमा लगिदिन आग्रह गर्द छु । किन भने मेरा घर जङ्गल छेउमा हो भने सरल रूपमा एउटा पैसा तिरेर काठ किन्न पाउने भयौँ । बल्ल तल्ल रूपमा उत्पादन गर्‍यो सामुदायिक बनको काठ त्यहीँ सकिन्छ । अनि बिल्ला त तस्करीको लाग्ने भो । ५ क्यु फिट काठ लिन पर्‍यो भने पनि यहाँ गाह्रो छ । काठमाडौँका विभिन्न ठाउँको घरको नक्सा पास गरेर काठ लैजाने प्रतिनिधि एटै हुन्छ । सम्भव छ ? त्यो प्र्याकटिकल छ ? भने यी कुराहरूलाई रोकिदउँ । यसले हामी बदनाम हुनु बाहेक अरू केही हुँदैन । हामी व्यवसायी कर्ता पनि गर्व सँग गरौँ सरकारी निकाय पनि जानाजान जुन गल्ती भइरहेको छ, अबका दिनमा त्यसलाई रोकिदिऊँ ।” उहाँले भन्नुभयो ।