टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता सुरु, ७ वटा टिम क्वाटर फाइनलमा

टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता सुरु, ७ वटा टिम क्वाटर फाइनलमा

धनगढी । दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आजबाट सुरु भएको छ । टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन शनिबार लिग चरणका ८ वटा खेल सम्पन्न भएका छन ।

जसअन्तर्गत ७ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन । धनगढीको वडा नम्बर ५, गोदावरी नगरपालिका ८, वडा नम्बर ४ ‘ए’ धनगढी, वडा नम्बर १ गोदावरी, वडा नम्बर १ धनगढी, वडा नम्बर ३ धनगढी र वडा नम्बर १२ धनगढीको टिम क्वाटर फाइनलमा पुगेका हुन ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले गरेका थिए । भने कार्यक्रममा विशिष्ठ अतिथि धनगढी उप–महानगरपालिकाकी उप–मेयर शुशीला मिश्र भट्ट रहेकी थिइन् । प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका विभिन्न वडाका गरी १८ वटा टीमहरुको सहभागीता रहेको छ ।

आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म धनगढीको फल्याटल्याण्ड फुटसलमा सञ्चालन हुने छ । दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

No description available.No description available.