सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका ७ का ८८ वर्षीय पुरुषको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ। हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ।

जसमध्ये ५ जना विरामी आइसियु र १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।