वडाको काम छोडेर पार्टीको अधिवेशनमा कर्मचारी, कारवाहीको माग

वडाको काम छोडेर पार्टीको अधिवेशनमा कर्मचारी, कारवाहीको माग

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-७ को कार्यालयमा कार्यरत एकजना कर्मचारी कार्यालय बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा प्रतिनिधि भएर सहभागी भएकाे पाएइको छ । जिल्ला सदरमुकामवाट उत्तरपुरवी डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का सामाजिक परिचालक देबेन्द्र सिह धामी नेकपाको एमालेको अधिवेशनमा गएपछि वडा सचीव राजेन्द्र बहादुर एरि बिदामा घर बस्दा दिनभरि सेवाग्राहि प्रभावित भएका हुन ।

बिहानैबाट वडा कार्यालयमा नागरिकताको सिफारिस बनाउन गएका सेवाग्राहीहरु मारमा परेका छन । विहानै १० वजे वडा कार्यालयमा सिफारिसका लागि गएका स्थानिय दिलेन्द्र धामी प्रकाश जोशी मनोज धामी प्रजापति लुहार धर्मेन्द्र लुहार ले दिउसाे ४ वजेसम्म कार्यालयकाे ताला नखुलेपछि स्थानियले समाजिक परिचालक देबेन्द्र धामि लाई एमाले अधिवेशमा भेटेका हुन। दिनभरि नागरिकता को सिफारिस र अपांगता को सिफारिसका लागि वडामा गएकाहरू कार्यालय समय सकिएपछि घर फर्केका छन।

स्थानियले कानुन विपरीत तरिकाले सरकारी कार्यालयका कर्मचारीहरु बिना सूचना पार्टीको कार्यक्रममा गएको हुँदा यस्ता क्रियाकलापलाई खेद व्यक्त गरिएको छ । नेकपा माओवादी केन्द्र रघुवीर धामी, नेपाली काँग्रेस गणेश बहादुर धामी, एकीकृत समाजवादी र वाइसीएल डिलाशैनी गाउँपालिका अध्यक्ष जनक सिंह धामीले संयुक्त विज्ञप्ति जारी गर्दै जनतालाई दु:ख दिएर वडा कार्यालयमा ताला लगाएर पार्टीको कार्यक्रममा जाने कर्मचारीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।