सेती प्रयोगशालामा भएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५९ नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा २ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ७ जना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये २ जना विरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।