सुदूरपश्चिम प्रदेश सभा द्धारा प्रधानमन्त्रीको सम्बोधन प्रतिको धन्यवाद प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभा द्धारा प्रधानमन्त्रीको सम्बोधन प्रतिको धन्यवाद प्रस्ताव पारित

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा सम्बोधन गर्नु भएकोमा उहाँ प्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको छ ।

सत्तापक्ष नेकपाका सासंद तारा लामा तामाङको प्रस्तावमा प्रतिपक्षी दलका सासंदहरुले असहमति नराखेपछि सत्ता पक्षका सबै सासंदहरुको समर्थनमा प्रस्ताव पारित भएको हो ।

प्रदेश सभाको बैठकले वातावरण संरक्षण गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने प्रस्ताव समेत पारित गरेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले विधेयकलाई दफावार छलफलका लागि प्रदेश सभाको विषयगत समितिमा पठायोस भनि प्रस्ताव पेश गर्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक फागुन १६ गते बस्ने छ ।