सामान नभइ घर नै चोरले लगेपछि...

सामान नभइ घर नै चोरले लगेपछि...

बेलायतमा एक व्यक्ति त्यतिबेला छक्क परे जब उनी घर फर्किए। उनको घर पूर्ण रुपमा खाली थियो र बिना उनको जानकारी घर बेचिएको थियो। 

मालिक रेवरेन्ड माइक हललाई जब यस बारेमा छिमेकीले जानकारी दिए तब उनी कुद्दै लुटन शहरमा रहेको आफ्नो घर फर्किए। 

त्यहाँ उनले देखेकी घरमा कम भइरहेको थियो र त्यहाँ रहेका एक व्यक्तिले उक्त घर आफ्नो भएको दाबी गरिरहेका थिए। 

जब यस बारे अनुसन्धान भयो तब पत्ता लाग्यो कि यो चोरीको घटना थियो। बीबीसीका अनुसार माइक ह‍लको पहिचान चोरेर उसको घर बेचिएको थियो भने बैंकबाट रकम पनि झिकिएको थयो। 

प्रहरीले सुरुमा उनीसँग यो धोकाको केस नभएको बताएको थियो तर अहिले प्रहरीले यसबारे जाँच गरिरहेको छ। उक्त घरका मालिक माइक हल उक्त घरमा बस्दैन्। उनी कामका लागि नर्थ वेल्समा बस्छन्। 

उनले बताए अनुसार २० अगस्टमा उनका छिमेकीले फोनमा घरमा बत्ति बलिरहेको र कोही भएको बताएका थिए। भोलिपल्टै उनी घरमा पुगे।