सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा १ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये २ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।