सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ नमुना परिक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एकजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा तिन जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये एकजना विरामीको आइसियुमा उपचार हुँदैछ ।