यस्ता छन् बच्चा गर्भमानै तेस्रो लिङ्गी बन्नुका कारणहरु र बच्ने उपायहरु

यस्ता छन् बच्चा गर्भमानै तेस्रो लिङ्गी बन्नुका कारणहरु र बच्ने उपायहरु

मानिसहरुलाई दुई प्रकारमा विभाजन गरिएको छ । एउटा महिला र अर्को पुरुष तर, यी दुई महिला पुरुष बिचमा एउटा यस्तो मान्छे पनि हुन्छ जुन महिला पुरुष भन्दा केही मात्रामा भिन्न हुन्छन्,भिन्न देखिन्छन् । जसलाई तेस्रो लिङ्गी भनिन्छ ।

जसलाई महिला र पुरुषको वर्गमा समेटन सकिदैँन । तेस्रो लिङ्गी मानिसहरुमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ । यस्ता मानिसहरु बाहिर बाट पुरुष देखिन्छन् तर, भित्री रुपमा महिलाहरुको गुण हुन्छ ।सामान्यतया गर्भाधारणको पहिलो तीन महीनाको अवधिमा शिशुको लिंग बन्ने गर्छ ।

यस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले गर्भाधारणको ३ महीना महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

गर्भाधारणको यि अबस्थामा शिशुहरु तेस्रो लिङगी बन्ने संभाबन रहन्छ

–गर्भाधारण पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभिडोजको औषधी सेवन गरेमा ।

–गर्भाधारणको पहिलो ३ महीनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा ।

–जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिंग निर्धारणमा असर पर्न जान्छ ।

–डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रुपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मीन सक्छ ।

गर्भवति महिलाले ध्यान दिनपर्ने कुराहरु स्

–डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखाने । ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुदैन ।

– हेल्थी डाइट अनुसारको खानेकुरा खाने बाहिरको खाना सकेसम्म नखाने ।

–थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।

–प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा डाक्टरलाई देखाउन उत्तम मानिन्छ ।

– प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुदैन ।