सेती प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ नमुना परिक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा चार जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा चार जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये दुई जना विरामीको आइसियुमा उपचार हुँदैछ ।