२९४ रुपैयाँमा टेलिकमको २० जीबी डेटा

२९४ रुपैयाँमा टेलिकमको २० जीबी डेटा

नेपाल टेलिकमले आफ्नो फेस्टिभ अफर आउँदो बुधबारसम्म सञ्चालन गर्ने भएको छ । तिहार, न्हुँदया र छठका लागि गत मंगलबारदेखि पुनः जारी गरिएको यो अफरअन्तर्गत डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर दिइएको छ ।

यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ । त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवा अन्तर्गत कम्पनीले २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने भएको छ । जुन एक दिन (२४ घण्टा) सम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १३ सय मिनेटको भ्वाइस प्याक उपलब्ध छ ।

यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले *1415*11# डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।