स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

स्कूलमा निश्चित पोशाक निर्धारण गरिएको हुन्छ तर एउटा स्कूलले स्कूले केटा विद्यार्थीहरूले स्कर्ट लगाउनुपर्ने निर्देशन दिएको छ ।

स्पेनमा ‘क्लोथ ह्याभ नो जेन्डर’ अभियान चलिरहेका बेला एडिनबर्गको क्यासलव्यू निजी स्कूलले छात्रछात्रा दुवैलाई स्कर्ट लगाउन निर्देशन दिएको हो ।

पोशाकमा लैंगिक समानता कायम गर्न स्कूलले स्कर्ट लगाउन निर्देशन दिएको एडिनबर्ग लाइभले जनाएको छ । 

स्कूलका पुरुष र महिला शिक्षकले समेत स्कर्ट लगाउने समाचारमा उल्लेख छ ।