भीम रावललाई फर्केर हेर्दा आस कम निराश बढी

भीम रावललाई फर्केर हेर्दा आस कम निराश बढी

नेपाली राजनीतिकका केन्द्र भागमा सुदूरपश्चिम बाट कम्युनिस्ट राजनीतिमा उदाएका भीम राललाई फर्केर हेर्दा आस कम निराशा बढी छाएको छ । निकै कडा मेहनत अछामी कम्युनिस्ट आन्दोलनमा होमिएका नेताहरूको थोरै आलोचना धेरै समर्थनले नेपाली राजनीतिकको शिखर चुम्न सफल भीम रावल पछिल्लो समयमा ओझेलमा परेका छन् । 

अछाम जिल्ला बाट २०६४ मा समानुपातिक र २०५१, २०७० र २०७४ मा प्रत्यक्ष बिजयीको माला पहिरनु भएका रावलले २०४८ साल र २०५६ सालमा हार बेहोर्नु परेको थियो । मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो कम्युनिस्ट सरकारमा पर्यटन नागरिक राज्य मन्त्री २०५६ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको संयुक्त सरकारमा मन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारमा गृहमन्त्री र के पी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित रक्षा मन्त्री बने पछि अछाम र अछामीले भौतिक र मानवीय विकासको ठुलो आस गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको बिकट पहाडी जिल्ला बाट नेपाली राजनीतिमा उदय भएका भीम रावल आफू पार्टीको उपाध्यक्ष जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा पुग्दा समेत आफ्नो गृह जिल्ला बाट एक जना केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश बाट पोलिटब्युरो र स्थायी समितिमा प्रतिनिधित्व गराउन नसकेको तितो सत्य सबैका अगाडि घाम जस्तै छर्लङ्ग भएको छ ।

पार्टी भित्र र सरकारको शक्तिशाली मन्त्री हुँदा समेत भीम रावलले आफ्नो प्रदेश गृह जिल्ला बाट कसैको पनि राजनीतिक एंब सामाजिक हैसियत निर्माण गर्नका लागि राजनीतिक नियुक्ति गराउन सके न राष्ट्रिय गौरवको योजनाको सुरुवात नै गरेको पाइन्छ ।

पर्यटनको निकै राम्रो सम्भावना बोकेको खप्तड,रामारोशन र बडिमालिकाका लागि रावल पर्यटन मन्त्री हुँदा खासै प्रभावकारी कामको सुरुवात गरेको पाइँदैन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा २ वटा हवाई मैदान भए पनि स्तरोन्नति सञ्चालनका लागि कुनै पनि पहल नगरेको देखिन्छ । संविधान सभाको पहिलो निर्वाचन २०६४ सालमा निर्वाचित भए पछि शेरबहादुर कुवरको पहलमा सुरुवात गरेको सेती लोकमार्ग र बुढिगंगा जलविद्युत आयोजना कामले पनि खासै गति लिन सकेको छैन ।

कुवरको पहलमा भीम रावलले औपचारिक शिक्षाको सुरुवात गरेको महेन्द्र माध्यमिक विद्यालय बयालपाटा पक्की भवन तालीम कक्ष सहित भारतीय राजदूतावास बाट निर्माण कार्य सम्पन्न भएको छ । शेरबहादुर कुवरले अछाम जिल्लाभरका धेरै जसो भूभागलाई मुख्य लोकमार्ग सँग जोडनका लागि ग्रामीण सडकको शिलान्यास गरेर सडक सञ्जालको अछाममा बिस्तार भएको छ ।

भीम रावलको पहलमा आफ्नो निर्वाचन क्षेत्र र गृह जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा आम नागरिकले देख्ने र महसुस हुने गरी भएको विकास निर्माणको उल्लेख हीन बन्दै गएको छ । सुदूरपश्चिम बाट दौडमा एक्लै भाग लिएर स्वघोषित विजय हुन रमाउने भीम रावलले आफू भन्दा फरक मत राख्नेलाई भित्तामा पुगाउने र समर्थकलाई दास बनाउने गरेको तथ्य प्रस्ट छ ।

अछाम जिल्लाका भीम कडायत,जगत बोगटी र गोकुल खनालले सक्रिय कम्युनिस्ट राजनीतिमा रावलको रवैयाका कारण टिक्न सकेन भने बझाङका भानुभक्त जोशी कञ्चनपुरका उर्बादत्त पन्त डोटीका हर्कबहादुर सिंह कैलालीका दिनेश चन्द्र सुबेदी डडेल्धुराका डाक्टर तारा जोशी बाजुराका हिक्मत जङ्ग शाही अछाम जिल्लाका शेरबहादुर कुवर कृष्ण प्रसाद जैशी भरतबहादुर साउद र कमल तिमिल्सेना लगायतका सारथिलाई पिछलग्गु बनाउने काम गरे भने संगठितरुपमा विद्रोह गरेका कर्णबहादुर थापा प्रेमबहादुर आले मगर महेश्वर पाठक र नारदमुनी राना एमालेको केन्द्रीय नेतृत्वमा पुगेर आफ्नो हैसियत अनुसारको पहुँच निर्माण गरेका छन् ।

अहिले उनीसँग रहेका इमानदार भूमिका निभाएर सहयोग गरेकाहरू किन ? टाढिए बुझ्नु गाह्रो छ ।फरक पार्टी दर्ता गराउन दिलो ज्यानले लागेका मात्र होइन फरक भौतिक संरचना निर्माणका लागि आफू अनुकूलको प्रदेश सरकारबाट बजेट छुट्टाउनु लगाएका थिए बजेट का शीर्षक बाट पनि थाहाँ हुन्छ । यसरी नयाँ पार्टी निर्माणका लागि एकोहोरो तम्सिएका र सहकर्मीलाई त्यहिखालको निर्देशन बारम्बार दिएका रावल एक्कासि युटर्न भएबाट उनलाई बुझ्ने जान्ने हरू आश्चर्यमा परेका छन् ।

अदालत बाट नेकपा विभाजन सँगै एमाले भित्र विद्रोह गर्नुका लागि नेता कार्यकर्ता परिचालन गर्न रातदिन समय खर्च गरेका भीम रावल अन्तिम समयमा आएर प्रतिनिधि सभा पदबाट राजीनामा शेरबहादुर देउवालाई मतदान नगर्नुले उनको राजनीति अडान स्खलित भएको छ ।

प्रधानमन्त्री ज्यु तपाई कुन दलको संसदीय दलको नेता हो भनेर बाघ गर्जे झैँ गर्जने केपी ओलीको निंकुश शैलीले नेपालको कम्युनिस्ट आन्दोलन समाप्तको दिशा तर्फ गएको भनेर सदन सडकमा गतिलो पहिलो पटक तर्क अघि सारेर लोकतन्त्र संविधानको रक्षाका लागि शीतल निवास र बुढानीलकण्ठ र सर्वोच्च अदालतमा हस्ताक्षरको फायल बोकेर शसरिर उपस्थित हुने भीम रावल किन एकाएक मोडिय रातारात के चमत्कार भयो विधान सभाको नाममा भएको कुम्भमेलामा भएको अपमान उनका दास र उनले किन चुपचाप सहेर बसे ?

सुदूरपश्चिममा बाट हामीलाई भीम रावलले चैनले काम गर्न दिएन भनेर उजुरी गर्नेहरूको कित्तामा उभिएर कति सम्म कार्यकर्ता बनेर भीम रावल बस्न सक्छन् त्यो हेर्न बाकी नै छ । कथित १० बुँदेको नाममा बनाएको जाली तमसुकले कति जनाको राजनीति भविष्य समाप्त पार्न लागेको छ त्यो तथ्य एक पछि अर्को गरेर बाहिर आइ रहेको छ ।

उनले गरेका सार्वजनिक काममा गर्भ गर्ने काम थोरै अनि सत्यमा उभिएर तथ्य खोतल्ने हो भने आलोचना गर्ने काम बढी नै देखिएको छ । आफ्नो गृह जिल्लाको भौतिक तथा मानवीय विकासमा ध्यान नदिएर आफू सँग राष्ट्रिय स्तरको नेता नेतृत्व छ भनेर अछामीलाई कागलाई बेल पाक्यो हर्ष न बिषमत भएको छ ।