श्रीमानको घाटीमा फित्ता बाँधेर श्रीमतीले सडकमा घुमाइन्

श्रीमानको घाटीमा फित्ता बाँधेर श्रीमतीले सडकमा घुमाइन्

ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ ।

‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् ।

आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको सहारामा घुमाइरहेकी थिइन् । आर्थरको अनुहारमा एउटा मुखौटा थियो । लुआना कजाकीका अनुसार उनीहरुले आफूबीच ‘प्रेम र रोमान्स’ बढाउनका लागि यस्तो गरेका थिए ।

एक अन्तरवार्तामा लुआनाले भनिन्, ‘मानिसहरुले के सोच्लान् भनेर मलाई यसमा केही फरक पर्दैन । मैले कुनै गैरकानूनी काम गरेकी होइन । हामीले कसैलाई समस्यामा नपारिकन यस्तो काम गरेका हौं । हाम्रो मान्यता यो छ कि यसले हामीबीचको प्रेम र कामेच्छा बढाउँछ ।’

लुआना आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई बाँध्ने फित्ताजस्तोले बाँधेर घुमाइरहेको देखिए । यो जोडीले फोटोसुट पनि गराए । यतिबेला लुआनाका श्रीमान् कुकुर झैं भुइँमा बसिरहेको देखिए, यसका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।