सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०७ नमुना परिक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी लिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा अस्पतालमा एकजना नयाँ संक्रमित विरामी भर्ना भएका छन । हाल अस्पतालमा दुई जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जसमध्ये एकजना विरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा धनगढीका ७२ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।