सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख, देवराज जोशी सिफारिस

सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख, देवराज जोशी सिफारिस

नेपाल सरकारले सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।   

हाल सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख रहेका गंगाप्रसाद यादवलाई ओली सरकारले ०७८  वैशाखमा प्रदेश प्रमुखका रुपमा पठाएको थियो । त्यसअघि २०७४ माघ ३ गते तत्कालीन देउवा सरकारले सुदूरपश्चिम प्रदेश प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।

तर २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले मल्ललाई पदमुक्त गरेर शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेका थिए ।