प्रदूषणका कारण भारतकाे उत्तरी राज्यमा श्वास फेर्न कठिन

प्रदूषणका कारण भारतकाे उत्तरी राज्यमा श्वास  फेर्न कठिन

भारतकाे उत्तरी राज्यमा प्रदूषणका कारण श्वास फेर्न समेत कठिनाइ भएको छ । भारतको उत्तरी क्षेत्रमा हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् ।

बढ्दो चिसो र वायु प्रदूषणले श्वास फेर्न गाह्राे हुने गरेको उनीहरुको भनाइ छ । तापक्रम घट्नु, हावाको गति कम हुनु तथा पटका पड्काउने र पराल बाल्ने क्रम बढ्नु जस्ता कारणले यो दुई महिनामा दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र बङ्गालको वायु निकै दूषित हुने भारतीय सञ्चारमाध्यमले  जनाएका छन्  ।

विज्ञहरूका अनुसार पटकासँगै भारतका विभिन्न ठाउँमा अन्नबालीका झार तथा पराल पोलेर निस्किने धुवाँले वायु थप प्रदूषित बन्दै गएको  छ । हरियाणा र पञ्जाब राज्यमा किसानले हरेक वर्ष अन्नबाली भित्र्याएपछि खेतमा ठुटा र खोस्टामा आगो लगाउने गरेका छन् ।  

यस्तै, दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ । त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धुवाँलगायत अन्य कारणले पनि प्रदूषण बढाएको छ ।